आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

मलेसियामा प्रहरीको हेलिकप्टर दुर्घटना

मलेसियामा प्रहरीको हेलिकप्टर दुर्घटना

सजिलो पाना
बिहिवार, आषाढ २६ २०८२
सजिलो पाना
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । मलेसिया प्रहरीको एक हेलिकप्टर बिहीवार बिहान पानीमा खसेको छ ।

    जोहोर क्षेत्रमा रहेको सुंगाई पुलाई नजिकको जलक्षेत्रमा चलिरहेको अन्तर्राष्ट्रिय सुरक्षा अभ्यासका क्रममा हेलिकप्टर पानीमा खसेको हो ।हेलिकप्टरमा ५ जना सवार थिए । उनीहरू सबैलाई मरिन प्रहरीले उद्धार गरेर उपचारका लागि सुल्ताना अमिना अस्पताल लगेको छ ।

    गेलाङ पाताह नामक स्थानमा मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र सिंगापुरका सुरक्षाकर्मीहरूले मल्टिल्याटरल न्युक्लीयर सिक्योरिटी डिटेक्शन एक्सरसाइज गरिरहेका छन् । त्यही क्रममा राष्ट्रप्रमुखको सम्मानमा गरिने फ्लाईपास्टको अभ्यास चलिरहँदा हेलिकप्टर पानीमा खसेको हो ।

    एएस३५५एन हेलिकप्टर दुर्घटनामा परेको मलेसियाको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त हेलिकप्टर स्थानीय समयअनुसार बिहान ९ः५१ मा चालक सहित ५ जनालाई लिएर तान्जुङ कुपाङ प्रहरी कार्यालयबाट उडेको प्राधिकरणले जानकारी दिए।

    के कारणले दुर्घटना भएको हो भनी अनुसन्धान चलिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij