काठमाडौं । काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा वसन्तपुर दरबार क्षेत्र भित्र कार्तिक ३ गते विभिन्न कार्यक्रम सहित पर्यटन दिवस मनाइएको छ।
विश्व पर्यटन दिवस २०२४ को अवसरमा ूपर्यटक र शान्तिू नामक कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानीय सांस्कृतिक सम्पदाको प्रवर्द्धन, नेपाली हस्तकला तथा स्थानीय उत्पादन सामाग्री प्रदर्शन, नेवारी परिकारहरु को खाध्यान्न स्टल , सामुहिक अकेस्ट्रा सहित कार्यक्रममा नेपालमै पहिलोपटक करिब एक हजार जना कलाकार हरूको बृहत प्रदर्शनमा धिमे बाजा बृहत नृत्य प्रस्तुत गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित गर्ने उद्देश्य सहित यस कार्यक्रम सम्पन्न भएको हो ।
पर्यटन दिवस विशेष कार्यक्रम, महादेव पार्वती डबली, माजु देग देखि कुमारी घर बसन्तपुर हुँदै दमकल अगाडि सम्म गरिएको यसै कार्यक्रमका संयोजक सुदन मुनिकरले सजीलोपानालाई जानकारी दिए।
प्रतिक्रिया