+
Search

ताजा अपडेट +

पपुलर +

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेका छन् ।

सय दिनमा सरकार भ्रष्टाचारी बचाउन तर्फ मात्रै केन्द्रित रह्याे: प्रचण्ड

सजिलोपाना संबाददाता
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सय दिन सम्ममा भ्रष्टाचारीको संरक्षण तिर मात्रै केन्द्रित रहेको बताएका छन् ।

बुधबार बिहान भएको पार्टी निकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ । विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’

उद्योगहरुको बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइ थियो ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता