+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकका ग्राहकहरुले दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

सजिलोपाना संबाददाता
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. (धुलिखेल, काठमाडौं) बीच सम्झौता भएको छ ।

सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्टबीच भएको उक्त सम्झौतामा बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता