काठमाडौँ । काठमाडौँको दक्षिणी भेगमा पर्ने चन्द्रागिरीमा केबलकारको निर्माण भएसँगै चहलपलह निकै बढ्न थालेको छ ।
दिनहुँ चन्द्रागिरी घुम्नको लागि सयौं मानिसहरु पुग्ने गरेका छन् । चन्द्रागिरी डाँडाबाट मनोरम हिमश्रृंखलाका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।







