काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेल विराटनगर किंग्स र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेको छ। त्यस्तै, चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ।




