मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकले १ लाख ५७ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    संस्थापक सेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङको नाममा रहेको ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयरमा हाल कायम बैंकका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयर सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार उक्त सेयरमा खरिदका लागि संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरिएको छ ।

    उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनु पर्ने छ । संस्थापक सेयर लिने सम्बन्धमा तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण सेयरको लागि निवेदन पेश नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत संस्थापक सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij