मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।

    ४ प्रतिशत बोनस सेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याइएको छ ।

    बैंकका अनुसार नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ ।

    यसअघि बैंकले लाभांश वितरणका लागि आवश्यक वित्तीय तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि तोकिएको मितिसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij