बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
सजिलो पाना
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।

    भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो । जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३ एक्स इलेक्ट्रिक एसयुभी रह्यो ।

    बी-०३ एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटरसम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल टु एडीएएस सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भयो ।

    बी ०३ एक्स सँगै लिपमोटर बी १० ले पनि अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्‍यो । हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरहरूले बी १० प्रतिको ग्राहक आकर्षण अझ बढायो । परिमार्जित मूल्यले बी १० लाई प्रिमियम ईभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्त्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij