बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता हुने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता हुने

सजिलो पाना
बिहिवार, मंसिर ११ २०८२
सजिलो पाना
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता हुने भएको छ।

    शाही नेपाल गल्फ क्लबसँगको सहकार्यमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाही नेपाल गल्फ कोर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए।

    उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराईने छ । यो खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत यो प्रतियोगिताको आयोजना गरिएको छ ।

    विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    यस प्रतियगितामा खेलाईने १७ बिधाका खेलहरु मध्ये Hole in One बिधाको पुरस्कार अन्तर्गत Sipradi Trading Pvt. Ltd. द्वारा TATA Nexon K3 EV पुरस्कारको व्यवस्था गरिएको छ । साथै, अन्य बिधाका खेलहरुमा सिम्रिक एअर द्वारा २ जनालाई Sky Diving त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।

    यसै अवसरमा सलिको ले निर्जीवन बीमाको महत्त्वमा पनि प्रकाश पार्दै, विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा रहेको उल्लेख गरेको छ। जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिवेशमा, गल्फ जस्ता खेलकुद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जानकारी गराएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij