बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

एनपीएल : आज दुई खेल हुँदै

एनपीएल : आज दुई खेल हुँदै

सजिलो पाना
शुक्रवार, मंसिर १२ २०८२
सजिलो पाना
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज २ खेल हुँदै छ।  त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमान्डु गोर्खाजबीच हुँदैछ। 

    काठमान्डुको यो पाँचौं र चितवनको चौथो खेल हो। काठमान्डुले ४ खेलमा २ जित र २ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। चितवन ३ खेलमा २ जित र १ हारसहित तेस्रो स्थानमा रहेको छ। 

    शुक्रबारको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ। कर्णालीको यो चौथो खेल हो भने विराटनगरको यो पाँचौं खेल हो। विराटनगर ४ खेलमा ३ जित र १ हारसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। कर्णाली ३ खेलमा २ हार र १ जितसहित पाँचौं स्थानमा रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij