काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका प्रियांक पांचालले अर्धसतक बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरि ६३ रन बनाए।




