सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सिटिजन्स बैंकद्वारा रामरती माध्यमिक विद्यालयलाई पंखा वितरण

सिटिजन्स बैंकद्वारा रामरती माध्यमिक विद्यालयलाई पंखा वितरण

सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ मा अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेको छ।

    करिब १ हजार विद्यार्थी अध्ययनरत यस विद्यालयमा गर्मीको समयमा पठनपाठन सहज बनाउन सहयोगस्वरूप पंखाहरु प्रदान गरिएको हो। विद्यालयमा आयोजित एक विशेष समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विद्यालय प्रशासनलाई पंखाहरु हस्तान्तरण गरेका हुन्।

    समारोहमा सम्बोधन गर्दै पोखरेलले बैंकको यो सानो प्रयासले विद्यार्थीहरुको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनहरुमा सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले बैंकले यस्तै कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

    हालै “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले नविनतम प्रविधि मार्फत बैंकिङ सेवा विस्तार गर्दै आएको छ। बैंकले नेपालमै पहिलो पटक फोनपेसँग सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एप मार्फत सेयर आवेदन र सीआरएन सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ।

    देशभर ६१ जिल्लामा फैलिएको सिटिजन्स बैंकले २०० वटा शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८८ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij