आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइपिएल: आरसिबी र लखनउ भिड्दै

आइपिएल: आरसिबी र लखनउ भिड्दै

सजिलो पाना
बुधवार, बैशाख २ २०८३
सजिलो पाना
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।

    बुधबार खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। जारी आइपिएलमा आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ भने लखनउ सातौँ स्थानमा छ।

    जारी सिजनमा दुवै टोलीले समान ४-४ खेल खेलिसकेका छन्। आरसिबीले खेलेको ४ खेलमा ३ मा जित हासिल गर्दा एकमा पराजय भोगेको छ। त्यस्तै, लखनउले ४ खेलमा २ मा जित र २ मा हार व्यहोरेको छ।

    लखनउ आज साविक विजेता आरसिबीलाई हराउने दाउमा हुनेछ। आरसिबी भने लखनउमाथि फराकिलो जित हासिल गर्न चाहन्छ।

    आइपिएलको इतिहासमा यी दुई टोलीबिच ६ पटक खेल भएको छ जहाँ आरसिबीले ४ खेल जितेको छ भने लखनउले दुई खेल जितेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij