मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

सजिलो पाना
बुधवार, बैशाख १६ २०८३
सजिलो पाना
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्कले राजीनामा माग गरेका हुन् ।

    ‘सरकार कुन किसिमले चल्न चाहेको छ भन्ने संकेत देखिएको छ । हरेक कुरामा सेना र प्रहरी बुट–लठ्ठी र बन्दुक । एउटा तीन/चार जना मान्छेको सानो समूहलाई पनि सयौँको संख्यामा प्रहरी देखाएर आतङ्कित बनाउने सुकुम्बासीको लगत सेनाबाट संकलन गर्ने । सबै कुरामा राज्य आतङ्क मच्चाएर मानवताविरोधी गतिविधि गरिरहेको छ’, साम्पाङले भिडियो सन्देशमा भनेका छन्, ‘यसले राष्ट्रिय बेइज्जत भयो । राष्ट्रिय बेइज्जत भएका कारणले राज्य हुनुको पनि मापदण्ड हुन्छ । त्योदेखि तल झारेको कारणले सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरोस् भन्न चाहन्छु ।’

    संयुक्त राष्ट्रसंघले समेत प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधिलाई मानवताविरोधी र मानवअधिकार हनन भनेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री शाहको अहिलेको शैलीले राज्यसत्ता नचल्ने उनको ठहर छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij