काठमाडौं । सरकारले तोकेको सीमा भन्दा बढी लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ ।
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम अनुसार विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी लगानी प्रक्रियालाई थप सरल बनाउने र “स्वचालित मार्ग” विस्तार गर्ने योजना सरकारको रहेको छ ।




