सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

डिजिटल सीप विकासका लागि Google–Merojob साझेदारी, २ हजार युवालाई अवसर

डिजिटल सीप विकासका लागि Google–Merojob साझेदारी, २ हजार युवालाई अवसर

सजिलो पाना
बिहिवार, बैशाख ३१ २०८३
सजिलो पाना
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं। Merojob ले नेपालमा डिजिटल सीप अभिवृद्धि र रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यसहित Google Career Certificates Program 2026 का लागि Google सँग सहकार्य गरेको घोषणा गरेको छ।

    यसअन्तर्गत २ हजार जनालाई छात्रवृत्तिमार्फत उच्च माग भएका क्षेत्रमा रोजगारमुखी सीप प्रदान गरिने जनाइएको छ। कार्यक्रमलाई प्रभावकारी र समावेशी बनाउन Merojob ले कार्यान्वयन साझेदारका रूपमा ICT Foundation Nepal, Women in Information Technology (WIIT), LBEF Vidyapeeth Pvt. Ltd. तथा AI Association Nepal लाई आबद्ध गरेको छ।

    प्रत्येक साझेदार संस्थालाई ५ सय छात्रवृत्ति कोटा प्रदान गरिएको छ। ती संस्थाले आवेदन आह्वान, छनोट तथा विद्यार्थी अनबोर्डिङ प्रक्रिया स्वतन्त्र रूपमा सञ्चालन गर्नेछन्।

    कार्यक्रमअन्तर्गत Google द्वारा डिजाइन गरिएको र Coursera मा उपलब्ध व्यावसायिक तालिम प्रदान गरिनेछ। सहभागीले साइबर सुरक्षा, डाटा एनालिटिक्स, डिजिटल मार्केटिङ तथा ई–कमर्स, आईटी सपोर्ट, प्रोजेक्ट म्यानेजमेन्ट, यूएक्स डिजाइन, पाइथनमार्फत आईटी अटोमेसन, एड्भान्स डाटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स, एआई एसेंशियल्स, प्रम्प्टिङ एसेंशियल्स तथा एजाइल एसेंशियल्सलगायत विषय छनोट गर्न सक्नेछन्।

    सामान्यतया Coursera सदस्यतामार्फत सञ्चालन हुने Google Career Certificates कार्यक्रमको शुल्क मासिक ४९ अमेरिकी डलर (करिब ७ हजार ५ सय रुपैयाँ) पर्ने बताइएको छ। अधिकांश सहभागीले ३ देखि ६ महिनाभित्र कोर्स पूरा गर्ने भएकाले कुल लागत करिब ४५ हजार रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ।

    इच्छुकले सम्बन्धित साझेदार संस्थाले उपलब्ध गराएको लिंकमार्फत आवेदन दिनुपर्नेछ। आवेदन तथा छनोटका लागि प्रत्येक संस्थाको छुट्टाछुट्टै समयसीमा तोकिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij