सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

२१ साउनदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ हुँदै

२१ साउनदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ हुँदै

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक ‘मोबिलिटी एक्स्पो’ गर्ने भएको छ ।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले यही आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको छ। 

    उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेका छन्। 

    साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराइ अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ। 

    प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ २०८२ साल बैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म खुला रहने नाइमाले जनाएको छ। इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लटरी प्रणाली मार्फत गरिनेछ। दुई र चार पांग्रे सवारीसाधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ।  

    यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनामा रहेको एक संस्थाबाट हुनेछ। विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन्।

    एक्स्पोका लागि ४४ स्टलको व्यवस्थापन भए पनि हालसम्म ४८ स्टल बुकिङको निवदेन परेको नाइमाले जनाएको छ । जसका कारण स्टल थप गर्र्नुपर्ने अवस्था समेत आएको छ ।

    मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डहरू बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, कार्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर सहभागी हुनेछन् ।

    यस्तै दुई पाङ्ग्रे सवारी साधनमा एम्पिएर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरे, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभायलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।

    यस्तै कमर्सियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij