सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

भारतमा विद्युत निर्यात गर्न शुरु गर्दै प्राधिकरण

भारतमा विद्युत निर्यात गर्न शुरु गर्दै प्राधिकरण

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए ।

    शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको उनले बताए ।

    केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।

    नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्रवक्ता सिल्पकारले जानकारी दिए ।

    अहिले पिक समयमा १९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनको भनाइ छ ।

    पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत आयात भएको उनले बताए ।

    यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत भारतबाट आयात भएको थियो । बर्खाका बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ ।

    गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।

     

    अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको उनले बताए ।

    देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियान भएको उनले बताए । विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए।

    मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहिँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij