काठमाडौं । नेपालको अग्रणी सिरेमिक टाइल ब्रान्ड कजेरिया रमेश टाइल्स लिमिटेडले ‘घरमा कजेरिया, सबैले सोध्ने नै भयो नि’ भन्ने नारा सहित देशव्यापी नयाँ ब्रान्ड अभियान सुरु गरेको छ।
कम्पनीले आफ्नो घरभित्रको सौन्दर्य, गुणस्तर र आधुनिक डिजाइनलाई लक्षित गर्दै यो अभियान अघि सारेको जनाएको छ। अभियानले उपभोक्तालाई कजेरिया टाइल्स प्रयोगमार्फत घरलाई आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउने सन्देश दिएको छ।
कजेरिया रमेश टाइल्सले प्रिमियम इन्टेरियर फिनिसिङ र इनोभेटिभ डिजाइनमार्फत नेपाली घरपरिवारमा विश्वासिलो ब्रान्डको पहिचान बनाएको जनाएको छ। कम्पनीका अनुसार टाइल्स केवल निर्माण सामग्री मात्र नभई घरको सौन्दर्य र व्यक्तित्व झल्काउने महत्वपूर्ण तत्व भएको सन्देश यस अभियानमार्फत दिइएको हो।
ब्रान्डले १०० भन्दा बढी शोरूममार्फत देशभर आफ्नो उपस्थिति विस्तार गरेको छ। साथै ग्लेज्ड भिट्रिफाइड टाइल, वॉल टाइल र सेरामिक टाइल जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
कजेरिया रमेश टाइल्सले ISO प्रमाणपत्र प्राप्त गरेको, साथै Superbrand 2025 लगायतका अन्तर्राष्ट्रिय मान्यता पाएको जनाएको छ। कम्पनीका अनुसार गुणस्तर, टिकाउपन र आधुनिक डिजाइन यसको मुख्य विशेषता हुन्।
कम्पनीले ‘घरमा कजेरिया’ अभियानमार्फत उपभोक्तामा विश्वास अझ मजबुत बनाउने र नेपाली घरहरूको आन्तरिक सौन्दर्यमा नयाँ स्तरको परिवर्तन ल्याउने लक्ष्य राखेको छ।




