सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त

सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रमबाट उनी डेप्युटी गभर्नर बमबहादुर मिश्रले अध्यक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए ।

    चेतप्रसाद उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ । भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।

    नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij