सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नबिल बैंक र हाम्रो पेबीच सम्झौता

नबिल बैंक र हाम्रो पेबीच सम्झौता

सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक बीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुनेगरि सहकार्य भएको छ। नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो।

    यो सुविधाअन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र “हाम्रो पे”ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ।

    हाम्रो पेमा नबिल बैंक लिंक गर्ने सुविधा पनि शीघ्र सुरु हुने बताइएको छ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउनेछ।

    त्यसबाहेक नबिल बैंकका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि सुचारु गरिने बैंकले जनाएको छ । यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।

    “हाम्रो उद्देश्य नेपाली प्रयोगकर्ताहरूको दैनिक भुक्तानी अनुभवलाई सरल, सुरक्षित र सर्वसुलभ बनाउनु हो। नबिल बैंकसँगको यो सहकार्य हाम्रो लागि डिजिटल नेपाल अभियानतर्फको एउटा महत्वपूर्ण पाइला हो ।” हाम्रो पात्रोको संस्थापक शंकर उप्रेती भन्छन् ।

    हाम्रो पेमा आफूले गरेको खर्चको विश्लेषण गर्ने सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो खर्च कहाँ र कसरी भइरहेको छ भनेर सतर्क बनाउँदै अनावश्यक खर्चलाई कम गर्न मद्दत पुर्याउछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij