सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सेन्सेइमा विश्वकप हेरौँला अफर सार्वजनिक, टिभी किन्दा क्यासब्याकदेखि एसीसम्म जित्ने अवसर

सेन्सेइमा विश्वकप हेरौँला अफर सार्वजनिक, टिभी किन्दा क्यासब्याकदेखि एसीसम्म जित्ने अवसर

सजिलो पाना
बिहिवार, जेठ २१ २०८३
सजिलो पाना
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले ‘सेन्सेइमा विश्वकप हेरौँला’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्तालाई घरमै स्टेडियमको अनुभूति दिलाउने उद्देश्यका साथ ल्याएको यस योजनामा आकर्षक क्यासब्याक, थप वारेन्टीका साथै निःशुल्क एसी समेत जित्न सकिने छ ।

    यस योजना अन्तर्गत सेन्सेइ टिभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत एसी जित्ने अवसर पाउनेछन् । साथै ग्राहकले अधिकतम २३ हजार ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमा विशेष ‘२४ प्लस २४ महिना’ सर्भिस वारेन्टी पनि उपलब्ध हुनेछ । अर्थात् दुई वर्षसम्म उपलब्ध हुँदै आएको वारेन्टीको अवधिमा अरू दुई वर्ष थप गर्दै ग्राहकलाई चार वर्षसम्म टिभीमा वारेन्टी प्रदान गरिने उल्लेख छ ।

    सेन्सेइ स्मार्ट टिभीमा फोरके अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेब ओएस स्मार्ट प्लेटफर्म जस्ता प्रविधि समावेश छन् । जसले विश्वकपका खेलहरू अझ स्पष्ट दृश्य र गुणस्तरीय ध्वनिसहित हेर्न सकिने कम्पनीको दाबी छ।

    “विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, विशेष वारेन्टी तथा उपहार योजनाले ग्राहकको मनोरञ्जन अनुभवलाई थप विशेष बनाउनेछ ।

    कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म देशभर रहेका सिजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरुम तथा डिलर नेटवर्कमार्फत लागू हुनेछ । जसमा ग्राहकले नागरिकता मात्रका आधारमा सरल ईएमआई सुविधामा पनि टिभी खरिद गर्न सक्नेछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij