सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

अमेरिका र बेलायतसहित २२ देशलाई ध्वस्त पार्ने इरानको चेतावनी

अमेरिका र बेलायतसहित २२ देशलाई ध्वस्त पार्ने इरानको चेतावनी

सजिलो पाना
बिहिवार, जेठ २८ २०८३
सजिलो पाना
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भू–भागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् ।

    ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।

    बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन् । उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् ।

    विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

    संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरूले आफ्ना नागरिक र देशलाई यस्ता खतराबाट सुरक्षित राख्ने विषयमा आफूहरू एकजुट रहेको उल्लेख गर्दै इरानले अब यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएका छन् ।

    उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।

    ती देशहरूले इरानसँग सम्बन्धित मानिएको समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ मार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी पत्रकार तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी आक्रमणको अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् ।

    उक्त अभियानको पछाडि इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको उनीहरूको आरोप छ ।

    यसैबीच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित विभिन्न केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

    गोल्डर्स ग्रीन लन्डनको ठूलो यहुदी समुदाय बसोबास गर्ने क्षेत्रका रूपमा परिचित छ । इरानले उक्त आरोपको खन्डन गर्दै २२ देशमै आक्रमण गर्ने चेतावनी दिएको छ ।

    तर पश्चिमी मुलुकहरू र इरानबीच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्त गतिविधिसम्बन्धी विवाद पछिल्ला वर्षहरूमा लगातार चर्किँदै आएको छ । पछिल्लो संयुक्त चेतावनीलाई पनि इरानमाथि बढ्दो कूटनीतिक दबाबका रूपमा हेरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij