बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

एथर नेपालद्वारा एकै दिन २०८ वटा स्कुटर बिक्री

एथर नेपालद्वारा एकै दिन २०८ वटा स्कुटर बिक्री

सजिलो पाना
शुक्रवार, जेठ २९ २०८३
सजिलो पाना
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर विद्युतीय स्कुटर बिक्री गरेको छ । यसले नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको कम्पनीले जनाएको छ ।

    यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच एथर ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट पारेको कम्पनीको दाबी छ । 

    देशका विभिन्न स्थानबाट आएका ग्राहकले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।

    कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रालिका प्रतिनिधिहरूले एथरप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij