सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

सजिलो पाना
शुक्रवार, जेठ ९ २०८२
सजिलो पाना
शुक्रवार, जेठ ९ २०८२
  • काठमान्डौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।

    शुक्रबार नाडाले गभर्नरसँग भेट गरी नेपालको मोद्रीक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको हो ।

    छलफलमा विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको हो ।

    छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए ।

    छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र र्बैकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij