मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

३८ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा

३८ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा

सजिलो पाना
सोमवार, भाद्र १ २०८३
सजिलो पाना
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं। सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीमा भएको सुधारले नाफा बढाउन योगदान गरेको देखिएको छ। बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।

    त्यस्तै, बैंकले खुद शुल्क तथा कमिसनबाट १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा पनि बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफालाई आधार मान्दा बैंकको लाभांश क्षमता २०.८५ प्रतिशत रहेको देखिन्छ।

    सानिमा बैंकको निक्षेप तथा कर्जा कारोबारमा पनि विस्तार भएको छ। बैंकको कुल निक्षेप अघिल्लो आर्थिक वर्षको २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

    बैंकको खराब कर्जा अनुपात भने घटेको छ। अघिल्लो अवस्थाको तुलनामा सुधार हुँदै खराब कर्जा २.८७ प्रतिशतमा झरेको बैंकले जनाएको छ। खराब कर्जामा आएको कमीले बैंकको कर्जा असुली तथा ऋण व्यवस्थापनमा सुधार भएको संकेत गर्छ।

    निक्षेप र कर्जा दुवैमा विस्तार हुनुका साथै ब्याज तथा गैरब्याज आम्दानीमा सुधार आउँदा सानिमा बैंकको वित्तीय प्रदर्शन गत आर्थिक वर्षमा उल्लेख्य रूपमा बलियो बनेको देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij