सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न

प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न

सजिलो पाना
मंगलवार, आषाढ ९ २०८३
सजिलो पाना
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं। नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ । 

    आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो । माननीय प्रकाश मान सिंह राउतको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो ।

    उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झा, क्षेत्रीय बिक्री प्रमुख किरण राज पन्त लगायत टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए ।

    तीव्र रूपमा बढिरहेको शहरीकरण तथा आवासीय एवं व्यावसायिक भवन निर्माण गतिविधिलाई मध्यनजर गर्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ लक्जरी शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ ।

    रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित प्राइम टायल्सको अत्याधुनिक उत्पादन उद्योगले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्छ भने कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तरका टायल्स उत्पादन गर्दै आइरहेको छ । हालै नेपाल सरकारद्वारा गुणस्तरमा दिइने नेपाल गुणस्तर प्रमाण चिन्ह ६१७ बाट पनि प्राइम टायल्सलाई सम्मानित गरिएको छ ।

    नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिसिङका सयौँ प्रकारका टायल्स उपलब्ध रहेका छन् र आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका आकर्षक विकल्पहरू ग्राहकहरूले एउटै स्थानमा प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई आवश्यक उत्पादन जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा समेत विकास गरिएको छ ।

    प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij