सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

टोखा रोडमा कजारिया रमेश टायल्सको बजार विस्तार

टोखा रोडमा कजारिया रमेश टायल्सको बजार विस्तार

सजिलो पाना
मंगलवार, आषाढ १६ २०८३
सजिलो पाना
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष सोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ सोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्‍याउने उद्देश्य राखेको छ ।

    यस सोरूमको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए । कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधि तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा सोरूमको औपचारिक उद्घाटन गरी स्थानीय बासिन्दालाई नयाँ सोरूम अवलोकनका लागि स्वागत गरिएको थियोे ।

    उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक होे । हाम्रा विश्वस्तरीय कलेक्सनहरू स्थानीय बासिन्दाहरूको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौँ, जसले गर्दा उहाँहरूले आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरू प्राप्त गर्न सक्नुहुनेछ ।”

    कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, एसियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’को मान्यता तथा विश्वका शीर्ष आठ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij