काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ७ कारोबार दिन घटेको बजार आज भने ४४.५९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २६५२.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ ।




