आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी

सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने तयारी गरेको छ ।

    विभागका अनुसार नयाँ भाडादर सम्बन्धी सूचना आजै सार्वजनिक हुन सक्नेछ ।

    यातायात व्यवसायीले इन्धनको मूल्यअनुसार वैज्ञानिक र पारदर्शी रूपमा भाडा समायोजन गर्नुपर्ने बताएका छन् ।

    यद्यपि उपभोक्ता पक्षले भने इन्धनको मूल्य बढ्दा जति दरमा भाडा बढाइएको थियो, घट्दा पनि सोही अनुपातमा घटाइनुपर्ने माग गरेको छ ।

    अन्तरप्रदेशको नयाँ भाडादर लागू भएपछि प्रदेश सरकारले पनि सोही आधारमा स्थानीय सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij