आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

गणतन्त्र दिवस देशभर उत्सवका रूपमा मनाउने एमालेको निर्णय

गणतन्त्र दिवस देशभर उत्सवका रूपमा मनाउने एमालेको निर्णय

सजिलो पाना
आइतवार, जेठ ११ २०८२
सजिलो पाना
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं। नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सबै पालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउनका लागि नेपाल जन सांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए । 

    बैठकले गणतन्त्रलाई सबल र सुदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए   उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको  उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij