आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एभरेष्ट बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा

एभरेष्ट बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा

सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं। एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई सफलतापूर्वक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी कार्ड स्विचमा माइग्रेट गर्दै नयाँ प्रणालीमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ।

    बैंकका अनुसार अब एभरेष्ट बैंकका भिसा कार्डसम्बन्धी इस्यु, अक्वायरिङ, कार्ड कारोबारको प्रोसेसिङ तथा राउटिङ सम्पूर्ण रूपमा एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत सञ्चालन हुनेछ। साथै, बैंकले नेपालपे कार्डको इस्यु तथा अक्वायरिङ सेवा पनि सुरु गरेको जनाएको छ।

    बैंकले यस व्यवस्थाले राष्ट्रिय कार्ड स्किममा आफ्नो सहभागिता थप सुदृढ हुने, एटीएम, पीओएस तथा विभिन्न डिजिटल मर्चेन्ट नेटवर्कमा नेपालपे कार्डको स्वीकार्यता विस्तार हुने विश्वास व्यक्त गरेको छ। साथै, नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कभर कार्डबीचको सहकार्यका कारण ग्राहकले स्वदेश तथा विदेश दुवैमा सहज रूपमा कार्ड प्रयोग गर्न सक्ने बैंकको भनाइ छ।

    एभरेष्ट बैंकले पुरानो कार्ड स्विचबाट एनसीएचएलको ईएफटी कार्ड स्विचमा सफल माइग्रेशनलाई आफ्नो डिजिटल बैंकिङ यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। बैंकका अनुसार यसले कार्ड सेवाको सञ्चालनलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनुका साथै सञ्चालनगत स्थायित्व, कार्यकुशलता र लागत व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्‍याउनेछ।

    हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सम्बन्धित सेवामार्फत ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गरिरहेको छ। यस प्रणालीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमअन्तर्गतका विभिन्न कारोबार प्रोसेस हुने गरेका छन्। गत आर्थिक वर्षमा मात्रै एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रोसेस भएको थियो।

    एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवाको पहुँच विस्तार गर्दै ग्राहकलाई सुरक्षित, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता बैंकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij