आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित

शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित

सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । शिखर इन्स्योरेन्स नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा सम्मानित भएको छ । आईक्यानले प्रदान गरिने  ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा शिखरेले गोल्ड अवार्ड प्राप्त गरेको हो ।

    आफ्नो वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत गरेबापत उक्त सम्मान प्राप्त गरेको हो । आईक्यानले प्रत्येक वर्ष वित्तीय पारदर्शिता, सुशासन, सूचना प्रकटीकरण, वित्तीय विवरणको गुणस्तर तथा वार्षिक प्रतिवेदनको समग्र प्रस्तुतिका आधारमा उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

    उक्त पुरस्कार मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको थियो।

    यो सम्मानले शिखर इन्स्योरेन्सले अवलम्बन गर्दै आएको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रतिवेदन प्रणालीप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको दाबी छ । साथै, यस उपलब्धिले लगानीकर्ता, बीमित, नियामक निकाय तथा अन्य सरोकारवालामाझ कम्पनीप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

    इन्स्योरेन्सले आगामी दिनमा पनि उच्चस्तरीय संस्थागत सुशासन, पारदर्शी वित्तीय प्रतिवेदन प्रणाली तथा गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, १९९७ अन्तर्गत स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले वार्षिक रूपमा प्रदान गर्दै आएको ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार’ वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता तथा संस्थागत सुशासनको क्षेत्रमा नेपालको सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij