आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण

सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण

सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
सजिलो पाना
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करिब १०५० जना महिलाहरूलाई सेवा प्रदान गरेको हो। शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्रीहरू समेत वितरण गरिएको थियो।

    गर्भावस्था र सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुलाई जोगाउन बैंकले यो अभियान सञ्चालन गरेको हो। कुपोषणजन्य रोगहरूको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ सञ्चालित यस कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको बैंकले जनाएको छ।

    सानिमा बैंकले शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरता जस्ता क्षेत्रमा सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ। हाल बैंकले देशभर १४३ वटा कार्यालय र १३७ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij