आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । इन्धन बिक्री गर्ने पेट्रोल पम्पहरुले अब आफुखुशी पम्प सञ्चालन गर्न नपाइने भएका छन् । पम्प सञ्चालनको लागि सरकारबाट अनुमति लिएर पनि सञ्चालन गर्न अटेरी गर्ने त्यस्ता बिक्रेतालाई सरकारले कडा जरिवानाको दायरामा ल्याएको छ ।

    पछिल्लो समयमा इन्धनको मूल्य घटेर आउँदा नियमित रुपमा इन्धन उठाउनुको साटो देशभरका सञ्चालकहरुले पेट्रोल पम्प बन्द गरेका थिए । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार नेपाल आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज बनेको थियो ।

    गत् जेठ २६ गते गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको थियो । त्यस्ता २५ क्षेत्रमा कुनै पनि बहानामा वन्द हड्ताल गर्न निषेध गरेको थियो । त्यस्ता क्षेत्रमा हड्ताल गरी सेवा अवरुद्ध गर्न नपाउने व्यवस्था गरिएको थियो ।

    उक्त सुचनाअनुसार सूचीमा ऊर्जातर्फ पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को पैठारीलाई पनि समावेश गरिएको थियो । यदि कसैले आदेशको उल्लंघन गरी हड्ताल गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सूचनामा उल्लेख छ । यो आदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ ।

    बिक्रेता विनियावली २०७५ अनुसार पम्प सञ्चालनको लागि अनुमति प्राप्त गरेका निजी क्षेत्रका व्यवसायीहरुले अटेर गरी आफुखुशी पम्प बन्द गरेको थिए । जसका कारण देशभरका उपभोक्ताले इन्धनको लागि दिनभर सास्ती व्यहोर्न बाध्य भएका थिए ।

    अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत कमजोर भेटिएपछि उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।

    मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने बाक्य थपिएको छ ।

    सञ्चालक समितिले उक्त विनियावली चौथो पटक संशोधन गरी नयाँ व्यवस्थामार्फत पम्प सञ्चालन नगर्ने सञ्चालकलाई कडा जरिवानाको दायरामा ल्याइएको छ ।

    निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले जरिवानाको नयाँ व्यवस्थासहित पेट्रोलियम पदार्थ बिक्रेता(चौथो संशोधन) विनियावली २०८३ स्वीकृत गरेको हो ।

    स्वीकृत भएको यो संशोधित विनियावलीको विनियमको ३३ मा नयाँ व्यवस्था गरेर पम्प विक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने व्यवस्था गरिएको छ । यसअनुसार कुनै विक्रेताले त्यस्तो गरिएको पाइएमा पहिलो पटक ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म इन्धन उपलब्ध नगराउने व्यवस्था गरिएको छ ।

    यस्तै दोश्रो पटक पनि त्यस्तै गल्ति गरेमा ६ लाख रुपैयाँ जरिवाना र १० दिनसम्म इन्धन उपलब्ध नगराउने व्यवस्था गरिएको छ भने तेश्रो पटकको गल्तिमा १० लाख जरिवाना र १५ दिनसम्म उक्त पम्पलाई इन्धन उपलब्ध नगराउने व्यवस्था विनियावलीमार्फत गरिएको छ ।

    यसअघि पहिलो पटक गल्ति गरेको अवस्थामा २५ हजार रुपैयाँ जरिवाना, दोश्रो पटको गल्तिमा ५० हजार र तेश्रो पटकको गल्तिमा १ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म इन्धन उपलब्ध नगराउने व्यवस्था थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij