काठमाडौं। केही दिनदेखि ओरालो लागेको नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः तीव्र रूपमा उकालो लागेको छ। बिहीबारको तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ ले कारोबार भइरहेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।




