आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल टेलिकमका सेवाग्राहीले कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने

नेपाल टेलिकमका सेवाग्राहीले कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने

सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
सजिलो पाना
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं। नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दुरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ । 

    यस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ ।

    यस सम्बन्धी नेपाल टेलिकम र हुलाक सेवा विभाग बिच आज (२०८३ असार १८ गते) सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आगामी साउन १ देखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड लगायत अन्य सामग्रीहरु ढुवानी गरिने छ ।

    सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेकी हुन् । सो अवसरमा निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको र त्यसतर्फको यो अर्को महत्वपूर्ण कदम भएको बताईन् । 

    उनले नेपाल टेलिकम र हुलाक सेवा विभाग बिचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास व्यक्त गरिन् । हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागु गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको बताउँदै त्यसतर्फको यो अर्को कदम भएको बताएकी छिन् । 

    उनले आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न विभाग र कम्पनी बिचको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरिन् । सरकारी स्वामित्वका दुई ठूला संस्थाहरू बिच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने विश्वास लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij