आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ प्रोडक्ट लन्च हुने

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ प्रोडक्ट लन्च हुने

सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा ४० बढी नयाँ प्रोडक्ट सार्वजनिक गरिने भएको छ ।

    नाइमाले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । नाइमा मोबिलिटी एक्स्पोका संयोजक गौरव शाराडाले मोबिलिटी एक्स्पोमा सवारी साधन तथा अन्य उत्पादन गरी ४० बढी नयाँ प्रोडक्ट लन्च गरिने जानकारी दिए ।

    उनका अनुसार नाइमामा नयाँ मोटरसाइकल, स्कुटर, कार, कमर्शियल भेहिकल लन्च हुनेछन् । साथै, ब्याट्री, चार्जर, स्पेयर पार्टस लगायत प्रोडक्ट लन्च गरिने उनको भनाइ छ ।

    उनले मोबिलिटी एक्स्पोको तयारी तीव्र रुपमा भइरहेको बताए । अवलोकनकर्ताको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको बताए ।

    साथै, टिकटमा ५० प्रतिशत छुट, लर्निङ सेसन, फुड कोर्ट, पठाओद्धारा विशेष छुटमा सटल सेवा लगायत व्यवस्था गरिएको नाइमाले जनाएको छ ।

    यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डको सहभागिता रहने छ । मोबिलिटी एक्स्पोमा टाटा, आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स र एमजी (पारामाउन्ट मोटर्स) सहभागि हुँदैछन् ।

    त्यस्तै, निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा/जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस्, एमजी (गो अटोमोबाइल), होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ, जिकर सहभागी हुनेछन् ।

    दुईपाङ्ग्रे ब्राण्डमा एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एण्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभोइलेट, याडिया र जेडएक्स मोटो सहभागि हुँदैछन् ।लाइट कमर्शियलतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ ब्राण्डको सहभागिता रहने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij