आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको ३० रुपैयाँ घटेको हो ।

    मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

    यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ रहेको थियो ।

    यता, सोमबार प्रतितोला चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij