आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
सजिलो पाना
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ । उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको हो ।

    वि.सं. २०४५ मा स्थापना भएको सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् ।

    विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको हो ।

    विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला र जज सफ्टवेयर कम्प्युटर लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट २० लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij