आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल टेलिकम कम्पनीले बन्द गर्दै ‘थ्रीजी’ सेवा

नेपाल टेलिकम कम्पनीले बन्द गर्दै ‘थ्रीजी’ सेवा

सजिलो पाना
बुधवार, आषाढ २४ २०८३
सजिलो पाना
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा बन्दको तयारी गरेको छ । टेलिकमले आफ्ना थ्रीजी ग्राहकलाई फोरजीमा सिम रुपान्तरण गर्न आग्रह गरेको छ ।

    टेलिकमका अनुसार, हाल टुजी वा थ्रीजी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोग गरिरहेका ग्राहकलाई सन्देश तथा भ्वाइस कलमार्फत सिम परिवर्तन गर्न सूचना सम्प्रेषण गरेको जनाएको छ । ग्राहकले नजिकको नेपाल टेलिकम कार्यालयमा गई आफ्नो सिम निःशुल्क रूपमा फोरजी सिममा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।

    सिम परिवर्तनका लागि ग्राहकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात जस्तै नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

    यससँगै, फोरजी सेवा सपोर्ट गर्ने सिम प्रयोग गरिरहेका ग्राहकहरूले स्टार ४४४ ह्यास डायल गरी फोरजी तथा भोल्टे सेवा सक्रिय गर्न सक्ने जानकारी पनि टेलिकमले दिएको छ ।

    टेलिकमले सेवा सुधार र आधुनिक प्रविधि विस्तारका लागि फोरजी सेवामा रूपान्तरणलाई तीव्रता दिएको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij