आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सर्वाेच्च अदालतकाे आदेश पालना गर्ने रास्वपाको निर्णय

सर्वाेच्च अदालतकाे आदेश पालना गर्ने रास्वपाको निर्णय

सजिलो पाना
सोमवार, जेठ १२ २०८२
सजिलो पाना
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ ।

    रास्वपाको केन्द्रीय समितिकाे आजकाे बैठकले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियान सञ्चालन गर्ने झाले बताएका छन् ।

    यस्तै भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशनसमेत दिएको छ ।

    केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवम् सांसद सुमना श्रेष्ठले पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij