आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेश हुँदै

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेश हुँदै

सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुँदैछ ।

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण प्रतिवेदन र संस्थानहरुको वित्तीय प्रतिवेदन संसदबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने छ ।

    आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij