काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो।
आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।




