आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

११ महिनामा १९.६२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा

११ महिनामा १९.६२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा

सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं। चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

    बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

    चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा १४ बैंकहरु बढेको छ भने ६ बैंकको नाफा घटेको छ ।

    यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ११ महिनामा नाफा ३२.५२ प्रतिशतले बढाएर ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ११६८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड पुगेको छ भने राष्ट्रिय वाणिज्यको ६८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

    जेठ मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकको २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड, प्राइम बैंकको २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एनएमबि बैंकको १९।७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, नेपाल बैंकको ८ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

    हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij