आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

श्रवण तथा वाक् सेवा क्षेत्रमा ‘नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक’को १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाक् सेवा क्षेत्रमा ‘नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक’को १५ वर्षे सेवा यात्रा

सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा वाक् सेवामा १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवण यन्त्र जडान, कक्लियर इम्प्लान्ट सेवा, वाक् तथा भाषा उपचार, परामर्श र फलोअप सेवामार्फत हजारौं सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

    काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयसँगै क्लिनिकका शाखा विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन्। साथै, भक्तपुरको बीपीआई फाउन्डेसन (ठिमी), पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल र ग्वार्कोस्थित बीएनबी अस्पतालमा आफ्नै अडियोलोजी सेवा सञ्चालन गर्दै आएको छ।

    क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको ध्वनिरहित अडियोलोजी कक्ष रहेको छ। उक्त कक्षमा उच्च घनत्वका ध्वनि इन्सुलेसन प्यानल, दोहोरो तहका जिप्सम ध्वनि अवरोधक भित्ता, कम्पन नियन्त्रणयुक्त फ्लोटिङ फ्लोर तथा ध्वनि चुहावट रोक्ने विशेष ढोकाको प्रयोग गरिएको छ। यसले श्रवण परीक्षणलाई थप सटीक र विश्वसनीय बनाउन सहयोग गर्ने क्लिनिकले जनाएको छ।

    क्लिनिकले १५ वर्षको अवधिमा ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी श्रवण यन्त्र जडान तथा ४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न गरिसकेको जनाएको छ।

    नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक नेपालमा फोनाक, सिग्निया र स्टार्कीजस्ता अग्रणी कम्पनीका श्रवण यन्त्रको आधिकारिक वितरक पनि हो। क्लिनिकले श्रवण यन्त्र छनोट, जडान, प्रोग्रामिङ र परामर्शका साथै वारेन्टी, नियमित फलोअप, प्राविधिक सहयोग, मर्मतसम्भार तथा आजीवन सहयोग सेवा उपलब्ध गराउँदै आएको छ।

    क्लिनिकका अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल ३५ भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन्। यसमा अडियोलोजिस्ट, वाक् तथा भाषा विशेषज्ञ, व्यवस्थापन तथा सञ्चालन टोली समावेश छन्।

    क्लिनिकले १५ वर्षको यात्रालाई सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि आधुनिक प्रविधि र बिरामी–केन्द्रित सेवामार्फत श्रवण तथा वाक् उपचार सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउँदै लैजाने लक्ष्य रहेको क्लिनिकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij