काठमाडौं । उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार श्रेष्ठलाई अध्यक्ष पदको नियुक्तिपत्र प्रदान गरेका हुन्।
श्रेष्ठ खुला प्रतिस्पर्धामार्फत अध्यक्षमा नियुक्त भएका हुन्। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा १० जना आवेदकको नाम समावेश गरिएको थियो।
संक्षिप्त सूचीमा श्रेष्ठसँगै केदारनाथ कोइराला, गोविन्दप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पौडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रुद्रबहादुर खड्का, लेखनाथ न्यौपाने र शन्तराम बिडारी रहेका थिए।
उक्त प्रक्रियाबाट छनोट भएपछि सरकारले श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको हो।




