आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अबदेखि भरी सिलिण्डर ग्यास पाइने

अबदेखि भरी सिलिण्डर ग्यास पाइने

सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।

    इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४.२ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

    निगमले १४.२ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७.१ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij