आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रास्वपाले संसद बैठकमै माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले संसद बैठकमै माग्यो गृहमन्त्रीको राजीनामा

सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको मंगलबारको बैठकमा गृ‌हमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गरेको छ। 

    रास्वपा सांसद शिशिर खनालले गृहमन्‍त्री लेखकले राजीनामा दिनुपर्ने बताए। यस्तै भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग समेत गठन गर्न माग उनले माग गरेका छन्।

    ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ।

    प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’

    रास्वपा सांसदहरूले संसद बैठकमै गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij